दफा
सर्वोच्च अदालतको पुनरावेदन सुन्ने अधिकार
(१) सर्वोच्च अदालतलाई देहायका मुद्दामा पुनरावेदन सुन्ने अधिकार हुनेछ:
(क) दफा ८ को उपदफा (२) बमोजिम उच्च अदालतले शुरू कारबाही र किनारा गरेको मुद्दा,
(ख) उच्च अदालतबाट दश वर्ष वा सोभन्दा बढी कैद सजाय हुने गरी फैसला भएको मुद्दा,
(ग) तीन वर्षभन्दा बढी कैदको सजाय वा पाँच लाख रुपैयाँभन्दा बढी जरिवाना वा पच्चीस लाख रुपैयाँभन्दा बढी विगो भएको मुद्दामा शुरु अदालत, निकाय वा अधिकारीले गरेको निर्णय उपर उच्च अदालतले पुनरावेदनको रोहमा निर्णय गर्दा आंशिक वा पूरै बदर गरेको मुद्दा, र
(घ) संघीय कानून बमोजिम सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने अन्य मुद्दा ।
(२) सर्वोच्च अदालतमा साधक पेश भएको मुद्दामा समेत सर्वोच्च अदालतलाई पुनरावेदन सुन्ने
अधिकार हुनेछ ।